काठमाडौं, १९ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे एक भारतीय नेताले पाकिस्तानलाई डराउन अनौठो दाबी गरेका छन् ।
ट्रम्पले भारतीय मुलका अमेरिकीहरुको अमेरिकी रिपब्लिकन हिन्दू संगठनसँग भारतका छिमेकी देशको दोहोरो चरित्र सहन नसक्ने बाचा गरेको दाबी अमेरिकानिकट भारतका ती नेताले गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय मुलका अमेरिकी व्यवसायी एवं रिपब्लिकन हिन्दू गठबन्धनका संस्थापक शालाभ कुमारले ट्रम्पलाई आफूले भेट्दा यस्तो सन्देश दिएको दाबी भारत आएर गरेका हुन् । यद्यपी उनी ट्रम्पको सत्ता हस्तान्तरण समारोहमा हिस्सेदार बनाइएको छ ।
कुमारले पाकिस्तानतर्फ संकेत गर्दै भने– ‘डोनाल्ड ट्रम्पले आफ्नो नीति सिधा बताएका छन कि उनी भारतका छिमेकीहरुको दोहोरो चरित्र सहन देख्न सक्दैनन् । मित्र राष्ट्रबीच राम्रो रक्षा सहयोग हुनुपर्छ । जो भइरहेको पनि छ । तर, ट्रम्प आतंकवादविरुद्धको लडाइ पनि तेज (तिव्र) गर्ने तयारीमा छन् ।’
कुमारको यो बयानलाई धेरैले पत्याउनै सकेका छैनन् भने पाकिस्तानलाई डराउन खोजेको प्रयास भनेका छन् ।












प्रतिक्रिया