
धनकुटा, २६ भदौ । यौनकर्मी एक महिला एक लाख रुपैयाँ चोरेको आरोपमा पक्राउ परेकी छन् ।
गुल्मी माईतीघर भएकी वर्ष २७ की आफूलाई सीता बताउने ती महिला धनकुटाबाट पक्राउ परेकी हुन् ।
ती महिलाले होटलमा सँगै बसेको बेलामा धनकुटा नगरपालिका–५ का दिलवहादुर लिम्वुको १ लाख रुपैयाँ चोरेकी हुन् ।
कलगर्ल ती महिलाले लिम्बु मदिराको नशाले लठ्ठ बनेका बेला मध्यरातमा चोरेकी थिइन ।
प्रहरीले ती महिलाको साथबाट ९७ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । लिम्बुसँग रहेको २ लाख रुपैयाँ मध्ये एक लाख रुपैयाँ निकालेर सीता वेपत्ता भएकी थिइन् । लिम्बुको उजुरीको आधारमा ती महिलाकै डेरावाट उनीलाई पक्राउ गरिएको हो ।
उनलाई अवैध यौन धन्दा र ठगी गरेको आरोप मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
उनी धनकुटा वजारको विभिन्न होटलमा कलगर्लको रुपमा यौनधन्दामा संलग्न हुँदै आएको प्रहरीको दाबी छ ।















प्रतिक्रिया