१९ कार्तिक २०८३, बिहिबार

खर्चको अभावमा बर्दियाका गणेश चौधरी अस्पतालमा छट्पटाउंदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । अति नै गरीब तथा दयनीय परिवारका बर्दिया जिल्ला ढोढरी गाबिस- १ को २१ बर्षका गणेश चौधरी करोड़मा २–४ जनालाई हुने HLH (Hemophagocytic lymphohistocytosis) भनिने रोग लागेर काठमाडौं बानेश्वर स्थित सिभिल अस्पतालको क्याबिन नम्बर ३०९ मा सिकिस्त अबस्थामा रहेका छन ।

अहिले उनी उपचार खर्चको अभाबमा अस्पतालको शैयामा कसैको सहयोगको आशा गर्दै बसिरहेका छन । उनका सुकुम्बासी बाबुले सरकारबाट पाएको २ कठ्ठा जमिन समेत बेचेर छोराको उपचारमा लागि रहेका छन् ।

‘अन्य कुनै पनि आयस्रोत छैन त्यसर्थ उपचारका लागि आर्थिक समस्या परिरहेको हुँदा तपाई जो कोहिले पनि ती गरीब किसानका छोराको उपचारका लागि सहयोग गरि, मानवताको पहिचान र भावनाको कदर गरिदिन सक्नु हुनेछ’, समाजसेवी सरस्वती शाह भन्छिन्– ‘मानब सेवा नै सर्वाेत्कृष्ठ धर्म हो त्यसैले हामी सबै मिलेर उनलाई सहयोग र साथ दिदै उपचार खर्च जुटाउन हाम्रो कर्तब्य पनि हुन आउछ ।’

उनै समाजसेवी सरस्वती शाह र मालती शाह लगायतका समाजसेवी मनहरु अहिले बर्दियाका गणेश चौधरीको लागि उपचार खर्च जुटाउन लागि परेका छन, यस पुण्य काममा तपाई हामीले पनि साथ दिने होकि ? समाजसेवी मालती शाह अहिले गणेश चौधरीको लागि सहयोग जुटाउन खुलेरनै लागेकी छीन उनको यो अभियानलाइ हामीले नि साथ दिने होकि ? यदि कोही सहयोगी मन समाजसेवी हरुले सहयोग गर्न चाहनु हुन्छ भने बैंक खाता नं. यस प्रकार छ ।

Name : Ganesh Chaudhari

Rastriya banijya bank Ltd. Singhdarbar branch office

Account no. 113005002110