४ मंसिर २०८३, शुक्रबार

संसद सूचना टाँस गरेर स्थगित, अर्को बैठक पुस २४ गते बस्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । व्यवस्थापिका संसदको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ ।

संविधान संशोधनमा सत्तापक्ष–विपक्षको अडान यथावत रहेपछि सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद सचिवालयले सूचना टाँस गरी बैठक ६ दिनका लागि स्थगित गरिएको जनाएको छ ।

संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको कार्यसूचीमा सहमति जुटाउन नसकेपछि पुस २४ गतेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस विज्ञ बबिन शर्माले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरुले अर्को बैठकसम्म सहमति खोजिसक्ने प्रतिबद्धता जनाएका छन् ।

संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै एमालेसहितका विपक्षी ९ दलले लगातार संसद बैठक अबरोध गर्दै आएका छन् ।