१ कार्तिक २०८३, शनिबार

अनेरास्ववियु परित्याग गरेका शैलेस फेरि अनेरास्ववियुमै किन फर्किए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1011620_657801680933741_1580645538_n

काठमाडौँ, २६ भदौ । अशोक राई अध्यक्ष रहेको संघीय समाजवादी पार्टीको विद्यार्थी संगठन अग्रगामी विद्यार्थी युनियनका अध्यक्ष शैलेस लामासहितका पदाधिकारी बिहीबार (आज) नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुमा प्रवेश गर्ने भएका छन् ।

अध्यक्ष लामासहित महासचिव परवेज आलमलगायत अनेरास्ववियुमा प्रवेश गर्ने अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष घमिरेले जानकारी दिनुभयो ।

लामासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई एमालेका सचिव पृथ्वी शुब्वा गुरुङले एक कार्यक्रमकाबीच टीका लगाएर प्रवेश गर्दै हुनुहुन्छ । उहाँहरुले बुधबार पार्टी परित्याग गर्नुभएको हो ।

लामालाई अनेरास्ववियुले पदाधिकारीको जिम्मेवारी दिने तयारी गरेको छ । स्रोतका अनुसार लामाले अनेरास्ववियुमा

सचिव वा त्यस्तै कुनै पद सिर्जना गरेर स्थायी कमिटीको जिम्मेवारी पाउनु हुने छ ।

अन्यलाई पनि अनेरास्ववियुमा जिम्मेवारी दिने तयारी भएको छ ।

अनेरास्ववियुको २१ औँ सम्मेलन अघि नै अनेरास्ववियु छाड्नु भएका लामा त्यस अघि सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँसँगै सचिवालयमा रहनुभएका थोमस बास्तोला, ऐन महर उपाध्यक्ष हुुनुहुन्छ भने राधिका खतिवडा, भक्तकुमारी लामालगायत सचिव हुनुहुन्छ ।

यस्तै नेवाः राज्य समिति प्रमुख निश्चल ढुंगेलसहित १३ केन्द्रीय सदस्य र सिन्धुपाल्चोकका अध्यक्षसहितको नेताहरुले पनि बुधबार नै पार्टी परित्यागको घोषणा गरेका थिए ।

पार्टीमा रहेका राजेन्द्र श्रेष्ठ, रिजमन अन्सारीलगाएतका नेता पनि उनीसँग असन्तुष्ट छन् । उनीहरुले पनि पार्टी परित्यागको तयारी गरेको बुझिएको छ ।