४ मंसिर २०८३, शुक्रबार

प्रचण्डसँग एकै मञ्चमा बसेर बोलेको कुरा उल्टाए बाबुरामले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको प्रतिनिधिमण्डलसँग उनले भने- ‘यो सम्भव छैन, उहाँहरुलाई त छोडेर पार्टी नै अर्को पार्टी…, वल्लो किनारा र पल्लो किनारा भएपछि कहाँ भेट हुन्छ त ? हेर्दाखेरि नजिक जस्तो लाग्छ, तर वल्लो किनारा र पल्लो किनाराको भेट कहाँ हुन्छ ?’

माओवादी परित्याग गरेको १४ महिनापछि प्रचण्डसँग एउटै मञ्चमा बसेर केही दिन अगाडि बाबुरामले परिवर्तनका मुद्दा संस्थागत गर्न मिल्नुको विकल्प नभएको भन्दै भविष्यमा एकता हुनसक्ने बताएका थिए । त्यतिबेला माओवादी नेता कार्यकर्ताले खुलेरै ताली बजाए र बाबुरामको प्रशंसा पनि गरे ।

तर, बाबुरामको यो भनाईले नयाँ शक्ति पार्टीभित्र विवाद उत्पन्न भयो । धेरै नेताहरुले उनसँग असन्तुष्टि पोखे । त्यसपछि बाबुरामले आफूले उक्त कुरा परिस्थिती हेरेर बोलेको र एकता सम्भव नहुने स्पष्टोक्ति दिएका छन् ।

घरघरमा नयाँ शक्तिः ६ महिने अभियान

पत्रकारको टोलीसँग बाबुरामले आफ्नो पार्टीले घरघरमा नयाँ शक्ति भनेर आगामी जेठसम्म ६ महिने अभियान नै चलाएको बताए । उनले भने, ‘हामी घर घरमा नयाँ शक्तिको अभियान लिएर जाँदैछौं, नयाँ शक्ति वैकल्पिक शक्ति हो, आर्थिक समृद्धितर्फ मुलुकलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’