३ कार्तिक २०८३, मंगलबार

दिक्तेलबाट चल्ने सवारीसाधनको भाडा घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १९ पुस । जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनको भाडा घटाइएकोे छ ।

हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो । नयाँ भाडादर अनुसार दिक्तेल—काठमाडाँै रु ३०० र दिक्तेल—गाईघाट रु २०० ले घटेको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा सोमबार दिउँसो बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ, सरोकारवालालगायतको बैठकले दिक्तेल–काठमाडौँका लागि रु एक हजार ३००, दिक्तेल–कटारीका लागि रु ८००, दिक्तेल–गाईघाटका लागि रु ८००, दिक्तेल–चखेवाभञ्ज्याङका लागि रु ४५०, दिक्तेल–ऐसेलुखर्कका लागि रु एक हजार, दिक्तेल–मात्तिमका लागि रु २२५, दिक्तेल–पाथेकाका लागि रु २५०, दिक्तेल–खानीडाँडाका लागि रु २०० नयाँ भाडा दर तोकेको छ ।

यस्तै, ऐसेलुखर्क–काठमाडौँका लागि रु दुई हजार २००, जालपा–काठमाडौँका लागि रु एक हजार ६००, रसुवा–पञ्चमीबजारका लागि रु ३०० र रसुवा–सिम्पानीका लागि रु ३०० भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

जिपका लागि भने दिक्तेल–काठमाडौँका लागि रु एक हजार ६००, दिक्तेल–कटारीका लागि रु एक हजार, दिक्तेल–गाईघाटका लागि रु एक हजार, दिक्तेल–चखेवाका लागि रु ६००, दिक्तेल–मात्तिमका लागि रु ३०० र दिक्तेल–पाथेकाका लागि रु ३०० भाडा तोकिएको छ । यात्रुको हितलाई ध्यानमा राखेर पुरानो भाडादर केही कम गरेर नयाँ भाडादर कार्यान्वयनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका अध्यक्ष गणेशविक्रम शाहीले बताउनुभयो ।

वर्षा सुरु भएपछि र दूधकोसीको बेलिब्रिज निकालिएपछि पुनः भाडा दर वृद्धि गरिने यातायात व्यवसायी सङ्घले जनाएको छ । जिल्लामा हिउँद तथा वर्षायाममा सुरु हुनासाथ सवारीसाधनको भाडादर परिवर्तन गर्ने गरिएको छ । रासस