२८ आश्विन २०८३, बुधबार

यी हुन् भारतका नयाँ सेनाप्रमुख, पाकिस्तान र चीनसँग एकसाथ लड्ने घोषणा!

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । भारतको नयाँ सेना प्रमुखमा जनरल विपिन रावत नियुक्त भएका छन् । हालका सेनापति दलबीर सिंहले अवकास पाएपछि रावत नयाँ आर्मी चीफ बनेका हुन् ।

आर्मी चीफ बनेलगत्तै जनरल रावतले भारतीय सेना पाकिस्तान र चीनसँग एकसाथ लड्नका लागि तयार रहेको बयान दिएका छन् । तर, चीनसँग भिड्नुभन्दा सहयोगको बाटोमा जानुपर्ने उनको भनाई छ ।

भारतले पाकिस्तानमाथि गरेको भनिएको सर्जिकल स्ट्राइकका मास्टर भनेर चिनिएका जनरल रावतले सीमा क्षेत्रमा आतंकवादसँग जुध्नका लागि भारतसँग सर्जिकल स्ट्राइकभन्दा पनि प्रभावकारी योजनाहरु रहेको सुनाए ।

पाकिस्तानलाई चेतावनी दिँदै एक टेलिभिजन अन्तर्वार्तामा रावतले भनेका छन्- ‘यदि हाम्रो दुश्मन आतंकवादीलाई सपोर्ट गर्छ भने हाम्रो रणनीति सिधा छ हामी बल प्रयोग गर्नेछौं । हामी आफ्नो जरुरतको हिसाबमा यो प्रयोग गर्नेछौं । मलाई लाग्छ यसका लागि हामीलाई सरकारले फ्रि हेण्ड दिएको छ ।’