१९ कार्तिक २०८३, बिहिबार

कांग्रेसले काठमाडौंको गाउँ र नगरमा निर्वाचन केन्द्रित कार्यक्रम गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसको काठमाडौं जिल्ला कार्यसमितिले दश वटा निर्वाचन क्षेत्रमा गाउँ संगठन विस्तारको अभियान चलाउने निर्णय गरेको छ ।

काठमाडौंमा सोमबार कांग्रेसका नेता पूर्णबहादुर खड्काको उपस्थितिमा बसेको बैठकले निर्वाचनलाई केन्द्रित हुने गरी गाउँ र नगरमा संगठन विस्तारको निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनलाई ध्यानमा राखेर पुस २१ देखि २६ गतेसम्म दश वटा निर्वाचन क्षेत्रमा सांगठनिक कार्यक्रम गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं जिल्लाका सभापति सबुझ बानियाँले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना क्रियाकलापहरूलाई केन्द्रित गर्नका लागि पनि स्थानीय नेताहरू निर्देशन दिएका छन् । ‘प्रमुख दलहरू छलफलमा जुटिसकेका छन् । अब ढिलो चाँडो चुनावमा जाने वातावरण बन्दैछ’, उनले भने, ‘कांग्रेसले काठमाडौंमा आफ्नो पकड बलियो बनाउनु पर्छ ।’