१९ कार्तिक २०८३, बिहिबार

बाबुरामले खोले ‘लाइन’को भित्री कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले प्रमुख तीन दलवीच राजनीतिक मुद्दामा कुनै मतभिन्नता नरहेकोले सत्ताको भागबण्डा मिल्ने वित्तिकै निकास निस्किने ठोकुवा गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले भने, ‘प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मिलीजुली सरकार बनाएर जाँदा समस्याको समाधान हुन्छ, उहाँहरुवीच मुद्दाभन्दापनि सत्तासाझेदारीमा मनमुटाव हो ।’ उनले प्रमुख दलहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने पनि झगडा रहेको आरोप लगाए ।

भट्टराईले भने, ‘यहाँ दलहरुले मोही माँग्ने ढुङ्ग्रो लुकाउने गरिरहेका छन्, स्याडो बक्सिङ भैरहेको छ ।’ उनले वर्तमान राजनीतिक समस्याको समाधानको लागि नयाँ सूत्रसमेत अघि सारेका छन् । उनले सारेका सूत्रहरुमा पहिले संविधान संशोधन गर्ने, प्रदेशको र स्थानीय तहको पूर्नसंरचना गर्ने र त्यसपछि तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने रहेका छन् ।

उनले मुलुकको निकासको लागि तीनवटै प्रमुख राजनीतिक दलहरुले आफ्नो सत्तासाझेदारीको मुद्दालाई मिलाएर आवश्यक परे सँगै मिलेर मिलीजुली सरकार बनाएर जान तयार भए अहिलेको समस्याको हल हुने विश्वास व्यक्त गरे ।

उनले थपे, ‘कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रवीच एजेण्डामा त्यति ठूलो अन्तर छैन, त्यसैले तीन वटै ठूला दलहरु एक ठाउँमा बसेर मधेशी, थारु र जनजातिहरुको मुद्दापनि हाम्रो आन्तरिक मुद्दा हो भनेर स्वीकार गरेर अघि बढ्नुपर्छ, उहाँहरुवीच कसको नेतृत्वमा चुनाव गर्ने भन्ने आशंका पनि छ, त्यसो हो भनेपनि मिलेर सरकार बनाएर असन्तुष्टहरुको मुद्दा संविधान संशोधन मार्फत यथोचित सम्बोधन गरेर अघि बढ्नुपर्छ ।’