१९ कार्तिक २०८३, बिहिबार

हिन्दु जागरण नेपालद्वारा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १८ पुस । हिन्दु जागरण नेपाल रुपन्देहीले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको छ ।

नेपालको सुदूरपश्चिमाञ्चलको कैलाली जिल्ला अत्तरिया नगरपालिका ७ स्थित गोदावरिमा १२० ओटा नेपालका राष्ट्रिय जनावर गाईको हत्याको विरोध गर्दै सोमबार (आज) रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह मार्फत पठाएको हो ।

नेपालको संविधान २०७२ ले पनि गाईलाई राष्ट्रिय जनावरको रुपमा स्थापित गरेको र सनातन वैदिक धर्म अनुसार लक्ष्मीको प्रतीक मानी पुजा अर्चना गरिँदै आएकी गौमातालाई आततायी समूहले विभत्स रुपमा हत्या गरि राष्ट्रिय गौरवको खिल्ली उडाउने निन्दनीय कार्य गरेको यस हिन्दू जागरण नेपाल रुपन्देहीले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा निन्दनीय कार्यको प्रतिकार गर्न हिन्दू जागरण नेपाल रुपन्देही जस्तो सुकै कदम पनि चाल्न सक्ने हुँदा यसबाट हुनजाने क्षतिप्रति नेपाल सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ भन्ने उल्लेख रहेको विज्ञप्तिमा रुपन्देही जिल्ला अध्यक्ष उमा ढकालको हस्ताक्षर रहेको छ ।