गुल्मी, १८ पुस । गुल्मीको सदरमुकाम तम्घासमा २०५० साल देखि व्यवसाय गर्दै आउनु भएका हरिप्रसाद भुसाल व्यवसायका अलवा सामाजिक क्षेत्रमा सक्रिय भुसालले थुप्रै संघ संस्थामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै सक्रिय हुभुभएको छ ।
भुसालले केहिदिन अघि रेसुङ्गा वहुमखी क्याम्पसमा स्वार्गिय पिता सुमन्त र स्वर्गिय सुपुत्र विराट भुसालको स्मृतिमा १ लाख भन्दा बढि धनराशीको अक्षय कोष स्थापना गरी दिनु भएको छ । त्यसबाट हरेक वर्ष स्नातक तह प्रथम वर्षको परिक्षामा सर्वोत्कृष्ट छात्र र छात्रालाई पुरस्कृत गर्ने उद्देश्य रहेको उहाँको भनाई रहेको छ ।
तम्घासको महेन्द्र उच्च मावि, शिद्धवावा उच्च मावि, रेसुङ्गा मावि, गुल्मी उद्योग वाािणज्य संघ र अर्घाखाँची मैत्री समाजको आजिवन सदस्य रहेका भुसालले ति शैक्षिक संस्थाहरुमा आर्थिक सहयोग समेत गर्नु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्वर १ को वडा नागरिक मञ्चको सदस्य रहनु भएको । २०५० सालमा गुल्मीको बडागाउँ ७ कालिमाटीकी सरस्वती फुल्देल संग वैवाहिक सम्वन्धमा बाँधिनु भएका भसालको तिन छोरा एक छोरी सहित निकै सुखत दाम्वत्य जिवन थियो । त्यो सुखत दाम्पत्य जिवनमा नियतिको वज्रपात पर्यो ।
२०७० साल चैत्र महिनाको २८ गते १९ वर्षिय छोरा विराट भुसाल काठमाण्डौंमा मृत फेला परे । रहस्यमय रुपमा भएको उनको मृत्युको घटना अहिले सम्म पनि रहस्यकै गर्भमा रहेको छ । ईन्जिनियर पढदै गरेका विराटको निधनले त्यो परिवारमा अहिले सम्मै शोकको आलो घाउ चहराई रहेको छ । सुपत्र विराटको चेहरा अहिले माईला छोरा सम्राट कान्छा आशिष भुषाल र छोरी जेनिसा भुसालको मुहारमा देखि रहेका ति दम्पत्ती माता पिता र छोरा विराटको स्मृतिमा आफ्नो कमाईको केहि हिस्सा समाज सेवामा खर्चिन चाहन्छन् ।
सिजी ब्रुहरीको डिलर, कर्णाली डिस्टलरीको डिलर र माउण्ट एभरेष्ट डिष्टलरीका डिलर रहनु भएका भुसाल पछि आफै उद्योग पति बन्ने चाहन राख्नु भएको छ । तम्घासको एउटा सामन्य व्यापारीबाट अहिले देशकै चर्चित उद्योगपति बन्ने सम्मको यात्रा गरेका भुसाल सामाजिक क्षेत्रमा मृदभाषी र सहकार्य गर्ने समाज सेवीका रुपमा परिचित हुनुहुन्छ ।
















प्रतिक्रिया