
काठमाडौं, ८ पुस । नेपाली व्यापार/व्यवसायलाई पूर्णरुपमा अनलाइन र अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले अन्तराष्ट्रियस्तरमा लामो अनुभव संगालेर नेपाल फर्किएका युवाहरुले HaatBazaar.com सञ्चालनमा ल्याएका छन् ।
HaatBazaar.com नेपालमै पहिलो अनलाईन व्यापारमा समर्पित व्यवसायिक प्लेटफर्म हो जसले व्यवसायी–व्यवसायीहरुबीच, व्यवसायी र ग्राहकबीच तथा ग्राहक–ग्राहकबीच खरिदविक्रीको सेवा प्रदान गर्दछ ।
यदि तपाई विदेशमा रहेर नेपालमा हुने हरेक व्यापार/व्यवसायको बारेमा जानकारी लिन चाहनुहुन्छ वा गाउँमा बसेर शहरमा व्यवसाय गर्न चाहनुहुन्छ भने हाटबजार तपाईको सहयोगी बन्न सक्छ ।
“व्यापारी/व्यवसायीहरु धेरै सूचनाबाट अनविज्ञ हुन्छन् । त्यही सूचनाको अभावमा उनीहरुले धेरै एकातर्फ ठूलो घाटा व्यहोरी रहेका हुन्छन् भने त्यही सानो सूचनाको लागि पनि ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको छ । यसरी सूचनाको अभावमा हुने घाटा र व्यवसायिक समस्यालाई समाधान गरी नेपाली व्यवसाय र व्यवसायीलाई अन्तराष्टियकरण गर्ने हाम्रो मुख्य उद्देश्य हो” HaatBazaar.com का सञ्चालक रबीन अधिकारीले बताए ।
“अहिलेको युग भनेको अनलाईनको युग हो । अनलाईन व्यापारको युग हो । त्यसैले हामीले लामो छलफल र अनुसन्धानपछि हाटबजारको सोच अगाडि ल्याएका हौ । हामीलाई विश्वास छ नेपालको लागि एउटा विल्कुल नयाँ बिजनेश प्लेटफर्म बन्नेछ जसले सम्पूर्ण व्यवसायीहरुलाई प्रत्यक्षरुपमाजोड्न सेतुको रुपमा काम गर्ने छ,” अधिकारीले भने ।
“तपाई गाउँमा बसेर काठमाडौंमा व्यापारव्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ । तपाई नेपालको कुनै पनि स्थानमा रहेर कुनै पनि शहरमा व्यापार गर्न सक्नुहुन्छ,” उनले भने ।
हाटबजार द्यद्दद्य साइट हो । यसमा व्यवसायीहरुलाई सदस्य बनाइनेछ र उनीहरुको लागि स्पेस उपलब्ध गराइने छ । जसमा उनीहरुले आफ्ना वस्तुहरुको मूल्यसहित प्रदर्शनीगर्ने छन् । हाटबजारले प्याकेजिङ तथा डेलिभरीको कम्पनीहरुसँगको सहकार्यमा अर्डर भएका सामानलाई ग्राहकको दैलोमा पु-याउने छ ।
अहिलेको विश्व अनलाईनमा गइसक्यो । सबै जना अनलाइनबाटै व्यवसाय सञ्चालन गर्न थालिसकेका छन् । नेपालमा त्यस्तो कुनै साइट छैन जसमा सम्पूर्ण व्यापारीहरुले अपनत्व महशुस गरेर आफ्नो व्यापारव्यवसाय विस्तार गर्न सकून् । त्यही खाडललाई पूर्ति गर्नकालागि यो साइटको परिकल्पना गरिएको हो । हाटबजारको अर्थ अनुरुप तपाईले खोजेको हरेक वस्तु यहाँ उपलब्ध हुनेछ ।















प्रतिक्रिया