काठमाडौं, १७ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्री पश्चिम पृतना हे.क्वा. अन्तर्गत पाल्पा जिल्लास्थित श्री चण्डी प्रसाद गण र कपिलबस्तु जिल्लास्थित श्री कालीजंग गणकोे निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिए ।
निरीक्षण भ्रमणकै क्रममा उनले कपिलबस्तु जिल्लाको बहादुरगञ्ज स्थित स्युराज स्मारकको उद्घाटन गरेका थिए ।
त्यसैगरी, क्षत्री आजै बुटवलस्थित श्री नं.२२ बाहिनी अड्डाको वार्षिकोत्सव कार्यक्रममा सरिक भई सोही बाहिनी अड्डामा मुकाम रहने र भोलि नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं.२ वन तथा पर्यावरण गणको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया