काठमाडौं, १७ पुस । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निःशुल्क बस सेवाको शुभारम्भ गर्नुभयो ।
निःशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताउनुभयो ।
कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्यकै क्रममा संचालक पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पार्नुभयो ।
चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निःशुल्क बस सेवाको व्यवस्था गरेको छ ।
बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।
महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । यि बसहरु तत् तत् स्थानहरु हुँदै फर्कने छन् ।

















प्रतिक्रिया