५ मंसिर २०८३, शनिबार

एमालेकै सहमतिमा सरकारले भोलि संशोधन विद्येयक टेबुल गर्ने माओवादी प्रवक्ताको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छन् ।

प्रवक्ता भुषालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् । आइतबार सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको अगुवाईमा पुगेका सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले प्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाई पनि सहमतिमा ल्याएर अघि बढ्ने तयारीमा रहेको दाबी गरिन् ।

त्यस्तै उनले सहमतिका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी दिईन् । उनका अनुसार सरकारले भोलि (सोमबार) बस्ने व्यवस्थापिका संसदमा जसरी पनि विधेयक अगाडि बढाउने तयारी गरेको छ ।

उनले भनिन्– ‘प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको लागि अहिले उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ ।’ उनले आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको जिकिर गर्दै भनिन्, ‘हिजो हामीले मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।’ उनले सकेसम्म विषयवस्तुमा सहमति गर्ने त्यसो नभए प्रक्रियामा भएपनि सहमति गर्ने प्रधानमन्त्रीको चाहना रहेको खुलासा गरिन् ।

उनले मधेशी मोर्चाले भनेजस्तो अब संशोधन विद्येयक फेरि फिर्ता लिएर परिमार्जन नहुने स्पष्ट पारिन् । भुषालले थपिन्, ‘प्रस्ताव संसदमा दर्ता भैसकेको छ, अब यो फिर्ता गरेर परिमार्जन हुँदैन, यद्यपी प्रक्रियामा गएपछि यसको बारेमा छलफल हुन्छ ।’ उनले संशोधन विद्येयक दुई तिहाईले पारित हुने समेत दाबी गरिन् ।

प्रमुख प्रतिपक्षी दलले त कुनै हालतमा प्रस्ताव पारित हुँदैन भनेको छ अनि कसरी दुई तिहाई पुग्छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘विद्येयकको पक्षमा दुई तिहाई पुग्छ ।’ एमाले तीन दशकदेखि संसदीय अभ्यास गर्दै आएको पार्टी भएकोले संसद सूचारु गराउनुपर्ने उनको भनाई थियो ।