
काठमाडौं, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जारी अवरोध अन्त्यका लागि विपक्षी नेकपा एमालेसँग गोप्य छलफल सुरु गरेका छन् ।
आइतबार बिहानैबाट दलहरुसँग आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री प्रचण्डले एमालेका नेतासँग गोप्य छलफल चलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले माइतीघरको कुनै एक घरमा एमालेसँग आन्तरिक छलफलमा जुटेको प्रधानमन्त्री निकट स्रोतले बतायो । तर, गोप्य छलफलमा को को नेताहरु सहभागी छन् भन्ने विषयमा केही खुलाइएको छैन् । यस विषयमा एमालेका केही शीर्ष नेताहरुले पनि अनभिज्ञता जनाएका छन् ।
बाह्य रुपमा आरोप प्रत्यारोप भइरहे पनि प्रधानमन्त्री प्रचण्डलाई एमालेलाई चिढ्याउने मनस्थितिमा नरहेको स्रोतले बतायो । प्रमुख विपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दलहरुलाई पनि विश्वासमा लिएर सरकार अघि बढ्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ ।
यता एमालेले भने चुनावको लागि केही लचकता देखाउन अब तयार रहेको बताएको छ । नेकपा एमालेले संशोधन विद्येयक अघि बढाएर देखाउन सरकारलाई चुनौती दिँदै आएको छैन् । सरकारले संशोधन विधेयक छलफलका लागि अगाडि बढाए पनि पारित हुने अवस्था नरहेको विपक्षी दलहरुको दाबी छ ।











प्रतिक्रिया