२८ आश्विन २०८३, बुधबार

भारतीय दादागिरीविरुद्ध पाकिस्तान प्रमाणसहित राष्ट्रसंघ पुग्यो, अमेरिकालाई पनि पठायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । पाकिस्तानले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई भारतीय हस्तक्षेपका प्रमाणहरु पठाएको छ ।

पाकिस्तानी पत्रिका उर्दूका अनुसार भारतमाथि आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चरमपन्थी गतिविधिमा सामेल भएको प्रमाण पाकिस्तानले अमेरिका पठाएको उल्लेख छ ।

‘पाकिस्तानमा भारतीय हस्तक्षेपको सबुत प्रमाण अमेरिका पठाइएको छ,’ पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– ‘भारतीय हस्तक्षेपविरुद्ध एक प्रतिवेदनै तयार पारिएको छ र यससँग जोडिएका धेरै दस्तावेजहरु छिट्टै संयुक्त राष्ट्रसंघका नयाँ महासचिव एन्टिनियो गुरटेरेसलाई हस्तान्तरण गरिनेछ ।’

राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी सदस्यका लागि लबिङ गरिरहेको भारतविरुद्ध पाकिस्तान अब अन्तर्राष्ट्रिय फोरममा जोडतोडका साथ आवाज उठाउने पाकिस्तानी मिडियाको भनाई छ ।

यस्तै, पाकिस्तानी जेलमा बन्द कथित भारतीय जासुस कुलभुषण यादवमाथि पनि एक डांजियर तयार गरिएको छ । पाकिस्तानी सेनाका नयाँ प्रमुख जनरल जावेद कमर बाजवाले बलुचिस्तानमा छिमेकी भारतले षडयन्त्र रचिरहेको भन्दै पाकिस्तानी जलसेना भिड्न तयार रहेको समेत पत्रिकामा उल्लेख छ ।

पत्रिकाका अनुसार पाकिस्तानबाट बलुचिस्तान टुक्राउन भारतले गरेको उक्साउने प्रयासको भिडियो प्रमाणपनि राष्ट्रसंघ कार्यालय बुझाइने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।