१९ कार्तिक २०८३, बिहिबार

आफैले जन्माएका छोरीलाई जिउँदै गाड्ने आमा को होलिन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ पुस । कैलालीको अत्तरिया नगरपालिकाको चाहना सामुदायिक वन क्षेत्रमा शनिबार साँझ दुईवटा शिशुको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार प्रहरी टोलीले खाल्टोमा गाडेको अवस्थामा दुई बालिका शिशुको शव फेला परेको जनाएको छ ।

स्थानीयवासीले जङ्गलमा शिशुको शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि सेती अञ्चल अस्पताल, धनगढीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । रासस