३ कार्तिक २०८३, मंगलबार

नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुबध निषेध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १७ पुस । नेपाल–चीनको सीमावर्ती गाविस टिमुरेमा पशुपक्षीको बध गर्न निषेध गरिएको छ ।

टिमुरे गाउँका समाजसेवी ठर्केन घलेका अनुसार पहिलो पटक टुल्कु छेकी निमा रिम्पोछे गुरुलामाले गत मङ्सिरको अन्तिम साता सबै चराचर प्राणीको सुखशान्तिको कामना गर्दै पूजापाठ गरेपछि टिमुरे क्षेत्रमा पशुपक्षीको बध गर्ने कार्य अन्त्य गरिएको हो ।

यस्तै लाङटाङ गाविसमा कुनै पनि पशुपक्षीको बध गर्न नपाइने यहाँको पुस्तौँदेखिको परम्परालाई स्थानीयवासीले निरन्तरता दिँदै आएको बताइएको छ ।

मासु खाँदा मानव शरीरलाई कुनै फाइदा नगर्ने र जैविक मलबाट उत्पादित सागसब्जी, गेडागुडी, पहेँला फलफूल, गाईभैँसीको दूधदहीबाट पोषण पाइने भएकाले मासुरहित नमुना जिल्ला स्थापित गर्न यहाँका बूढापाकाले समेत सुझाव दिएका छन् । रासस