काठमाडौं । नेपाली साँगीतिक फाटमा एउटा नयाँ नाम जोडिएको छ । त्यो येदीन गजमेर । गजमेर भजन एल्बम ‘मेरो प्राणनाम’बाट सांग्तििक फाटमा जोडिएका हुन् ।
अमेरिकामा रहँदै आएकी गजमेर तन अमेरिका मन नेपाली भन्दै नेपाली भजनका साथ सांगीतिक फाटमा देखिएका छन् ।
उनको एल्बममा नेपालका बिभिन्न चर्चित गायक गायिका रामकृष्ण ढकाल, अनुप रेग्मी, कर्मा शेर्पा, धन बराईली, जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरूङ लगायतको आवाज रहेको छ । हालै अमेरिकामै एक समारोहको उनले एल्बम आमाबाबुको हातबाट बिमोचन गरे ।
संगीतिक क्षेत्रमा आफुलाई अगाडि बढ्न गायक तथा संगीतिकार अनुप रेग्मीको ठुलो सहयोग रहेको उनले बताए । उनी केही महिना पछि अर्काे आधुनिक एल्बम ल्याउने तयारीमा छन् ।
















प्रतिक्रिया