काठमाडौं । गायिका माण्डवी त्रिपाठी आचार्यले फाष्ट ट्रयाकको गीत ‘ढोल बज्यो…’ ल्याएकी छिन् । ‘माण्डवी २’ एल्वमका लागि उनले नयाँ गीत रेकर्ड गराएकी हुन् ।
‘दर्शक स्रोतको मन पनि बुझ्नु पर्ने भएकाले अलिक फरक शैलीको गीत गाएकी हुँ’, उनले भनिन् । उनले गीत रिलिज भएपछि राम्रो प्रतिक्रिया पाएको बताइन् । उनले भनिन्, ‘यो ढोल दर्शक स्रोताका लागि बजाएकी हुँ । हेरौ कत्तिको मन पराउनु हुन्छ ।’
‘ढोल बज्यो…’का लागि शब्द शिवप्रसाद सुवेदीले लेखेका हुन् । संगीत र एरेञ्ज विपिन किरण आचार्यको हो ।
संगीतकार आचार्यले गायिका माण्डपीको अन्य गीतमध्ये अहिलेको गीत अलिक फरक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘माण्डपीका अरु गीतभन्दा यो अलिक फरक शैलीमा छ । दर्शक स्रोताले मनपराउनु हुन्छ भन्ने लागेको छ ।’
म्युजिक भिडियोमा गायिका माण्डपीका साथै विपिन आचार्य र अनु शाहको अभिनय छ । भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् भने छायाँकन दीव्य सुवेदीको रहेको छ ।
अलिक फरक शैलीमा छायाँकन गरिएको माण्डपीको यो गीतको कोरियो ग्राफार पवित्रा आचार्य हुन् । भिडियोको निर्देशन बसन्त निरौलाले गरेका छन् । म्युजिक भिडियोलाई यूट्युबमा पनि राखिएको छ ।















प्रतिक्रिया