१९ कार्तिक २०८३, बिहिबार

दुई माओवादीबीच आज पार्टी एकता हुँदै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र भुपेन्द्र न्यौपाने नेतृत्वको कम्युनिष्ट न्यूक्लियसबीच आज पार्टी एकता हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मध्यान्ह १२ बजे हुने पार्टी एकतामा न्यौपाने नेतृत्वको न्यूक्लियस वैद्य माओवादीमा विलय हुने भएको हो ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले दुई माओवादीबीच आन्तरिक तयारीपछि एकता हुन लागेको बताए ।

सुदर्शन ओली नेतृत्वको कम्युनिष्ट न्यूक्लियसको बाँकी रहेको समूह अलग अस्तित्वमा बस्दै आएको थियो । ओली समूह नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा प्रवेश गरेपछि न्यौपाने समूहले अलग पार्टी चलाउँदै आएको थियो ।