१ कार्तिक २०८३, शनिबार

प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिकलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

partake-pokharaकृपा भण्डारी
कास्की, २५ भदौं ।  ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०६९’ ले पत्रकार बद्रीविनोद प्रतिकलाई सम्मान गरिने भएको छ ।

प्रेस चौतारी कास्कीले उक्त पुरस्कारबाट प्रतिकलाई सम्मान गर्न लागेको हो ।

प्रतिभा छनोट समितिले गरेको सिफासिरलाई प्रेस चौतारीको बैठकले अनुमोदन गरेपछि उक्त पुरस्कार प्रतिकले पाउँने निश्चित भएको हो ।

नेपालको प्रेस स्वतन्त्रताको आन्दोलन, मानव अधिकारको लागि भएका प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट पु¥याएको योगदान र प्रेस चौतारीको संस्थागत विकासमा योगदान पु¥याएको भन्दै उक्त पुरस्कारबाट उहाँलाई सम्मान गर्न लागिएको हो ।

पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ । पुरस्कारसँगै उहाँलाई  दोसल्ला र सम्मानपत्रले पनि सम्मान गरिने छ ।

प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले प्रतिकलाई पुरस्कारबाट सम्मान गर्न सिफारिस गरेको थियो ।

समितिमा प्रेस चौतारी तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष रुद्रबहादुर थापा, प्रेस चौतारीका अध्यक्ष श्याम कुँवर र सचिव माधव बराल सदस्य रहनुभएको थियो ।

विगत चार दशकदेखि पत्रकारितामा क्रियाशील प्रतिकले पोखराको आव्हान साप्ताहिक र काठमाडौैको मातृभूमि साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नुभएको हो ।

प्रतिकले सगरमाथा दैनिक, जनआस्था साप्ताहिक, एभरेष्ट हेराल्ड अंग्रेजी दैनिक पत्रिकामा काम गर्नुभएको थियो ।

पोखराबाट प्रकाशित पोखरा हटलाइन र हिमदुत दैनिकमा सम्पादक भएर काम गरिसक्नुभएको छ ।  उहाँ हाल हिमदुत दैनिकमा आवद्ध हुनुहुन्छ ।

अहिले पोखरा—१२ हस्पिटलचोकमा बस्दै आउनुभएका प्रतिक दयाशंकर स्मृति पत्रकारिता पुरष्कार, पोखरा पत्रकारिता पुरष्कार, गोविन्द वियोगि स्मृति पत्रकारिता पुरस्कार काठमाडौं लगायतका पुरस्कारहरुबाट सम्मानित हुनुभएको छ

।कास्कीको थुम्की गाविस वडा नम्बर ३ मा जन्मनु भएका प्रतिक नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति, पत्रकार महासंघ कास्कीको निर्वतमान अध्यक्ष र प्रेस चौतारी कास्कीका संस्थापक सदस्य हुनुहुन्छ ।

प्रेस चौतारी पत्रकारिता पुररकारबाट यसअघि पत्रकार माधव शर्मा, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, प्रेस चौतारीका पुर्व अध्यक्षहरु रुद्रबहादुर थापा र हरि बाँस्तोला सम्मानित हुनुभएको छ ।