१९ कार्तिक २०८३, बिहिबार

नयाँ शक्तिका नेता पासवानले भने- नयाँ पुनर्संरचनामा चुनाव गराउनुपर्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १६ पुस । नयाँ शक्ती पार्टी नेपालका नेता महेन्द्र पासवानले पुरानो संरचनामा चुनाव गराए आफूहरुले नमान्ने चेतावनी दिएका छन् ।

सिरहाको चौहर्वामा नयाँ शक्तिद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुर्नसंरचना अनुसार निर्वाचन गराउनुपर्ने धारणा राखे । उनले भने, ‘पुरानो संरचनामै निर्वाचन गराए संघीयता र अग्रगमनको नेपालको यात्रा त्यही निर्वाचनबाट समाप्त हुनेछ ।’

प्रस्तावित प्रदेश नम्बर प्रदेश नम्बर–२ का संयोजक समेत रहेका नेता पासवानले काँग्रेस, माओवादी केन्द्र र एमालले मुलुकलाई २०४७ सालकै संविधानतर्फ फर्काउन पुरानो संरचनामा चुनाव गराउन खोजेको आरोप लगाए । ‘पुरानो संरचनामा निर्वाचन गराउनु भनेको २०४७ सालकै संविधान फर्काउनु हो’, उनले थपे ।

नेता पासवानले संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव पारित गरेर निर्वाचनमा नगए देश द्धन्द्धमा फस्ने चेतावनी दिए । उनले राष्ट्रियता मजबुत पार्न तथा हिमाल, पहाड र तराईलाई संविधान स्विकार्य बनाउन संविधान संशोधन गर्नुपर्ने तर्क गरे ।