१९ कार्तिक २०८३, बिहिबार

अब मधेसीलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता बाबुरामले गर्नुपर्छः रामरिझन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १६ पुस । नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य रामरिझन यादबले अब मधेसीलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता जनाउन संयोजक डा. बाबुराम भट्टराईसंग आग्रह गर्नुभएको छ ।

सिरहाको चोहर्वामा नयाँ शक्तिद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादबले संयोजक भट्टराईसंग यस्तो आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशका हरेक उत्पीडित समुदायको अधिकारका लागि लड्ने प्रतिवद्धता त जनाइसक्नुभएको छ । अब मधेसीलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता जनाउनुपर्छ ।’

नेता यादबले संयोजक डा. भट्टराईले देशका अढाई करोड जनताको घर नबनाएसम्म आफ्नो घर नबनाउने उद्घोष गरिसकेको बताउँदै उनले भने, ‘डा. भट्टराईबाट मात्र देशको विकास हुनसक्छ ।’ विकासमा देश पछाडी परेको भन्दै भट्राई दिनरात चिन्ता व्यक्त गरिरहेको पनि उनले भने ।

पुराना नेताबाट देशको विकास हुन नसक्ने नेता यादबले बताए । उनले भने, ‘प्रचण्ड होस् वा देउवा, झलनाथ होस् वा माधव नेपाल कसैबाट पनि देशको विकास सम्भव छैन् । त्यसैले एउटा बैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति अगाडी आएको छ ।’