४ मंसिर २०८३, शुक्रबार

प्रचण्डलाई माओवादी नेताकै च्यालेञ्जः संसदमा संविधान संशोधनको विपक्षमा भोट हाल्छु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले संसदमा संविधान संशोधन प्रस्ताव अगाडि बढाइए विपक्षमा उभिने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालबाट राजधानीमा आयोजित साक्षात्कारमा रायमाझीले संशोधन विद्येयक कुनै हालतमा पारित नहुने बताए । बरु, त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने रायमाझीको माग छ ।

रायमाझीले संशोधन विद्येयक कसैको पनि हितमा नरहेको दाबी गर्दै भने, ‘यो संशोधन प्रस्तावले कसैको हित गर्दैन्, न त यसले जनताको नै हित गर्छ, न त राष्ट्रको नै । र, यो सीमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ ।’

उनले यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने र आफ्नो अडान आजमात्रै नभएर भोलि पनि यो विद्येयकको विरुद्धमा नै रहने जिकिर गरे । उनले ९० प्रतिशतले जारी गरेको संविधान अहिले आएर एमालेपनि यो विद्येयकको विपक्षमा हुँदा कसरी दुई तिहाई पुग्छ भन्दै प्रश्न समेत गरे । उनले भने, ‘एमालेले मात्रै होइन, हामी सरकारमा भएका पनि यो प्रस्तावको विपक्षमा छौं ।’

रायमाझीले आन्दोलनकारीहरुको माग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भीर रहेको बताउँदै भने, ‘आन्दोलनकारीहरुका मागहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ ।’ उनले अहिले सरकारले ल्याएको प्रदेशको सीमांकन हेरफेरको प्रस्तावले मधेशी मोर्चाको माग पूरा हुनै नसक्ने ठोकुवा गरे ।

सरकारले भने मधेसी मोर्चासँगको सहमतिपछि सोमबार संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने तयारी गरेको छ ।