१९ कार्तिक २०८३, बिहिबार

अदालतको आदेश विपरित घरबाट निकाल्न धम्की, पीडितद्धारा कारवाहीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । ललितपुरको महालक्ष्मी चोकमा बस्ने मणिकुमारी तामाङ्गले आफुलाई पप्पु ठाकुरले अदालतको आदेश बिपरित घरबाट निकाल्नलाई धम्की दिएको आरोप लगाएकी छिन् ।

शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी तामाङ्गले ठाकुरले जालसाँजी गरेर आफुलाई आर्थिक कारोबारमा फसाएको समेत आरोप लगाएकी छन् । आर्थीक कारोबारमा विवाद आएपछि अदालतमा मुद्धा परेको र अदालतले मुद्धाको फैसला नहुँदासम्म तामाङ्गले घर छोड्न नपर्ने अन्तरीम आदेश गरेको भएपनि त्यसको पालना नभएको उनले बताईन ।

अदालतको आदेशबिपरित घरमा बिभिन्न समूहले आएर धम्की दिने गरेको र सुरक्षाकर्मीले धम्क्याउने गरेको समेत उनले आरोप लगाईन्। आफ्नो घर परिवारलाई घरमा बस्न समेत डर भएको उनले गुनासो गरेकी छन् ।

पीडित तामाङ्द्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘हाल आएर सम्मानित अदालतमा मुद्दा बिचाराधिन भएको र अन्तिम फैसला नआई सकेको अबस्थामा निज पप्पु ठाकुर र अर्जुन कुमार ठाकुरले मेरो घरमा कहिले नचिनेका मानिस पठाउने र धाक धम्कि दिने, कहिले प्रहरी सुरक्षाकर्मि पठाउने र घर बाहिर २४ घण्टा प्रहरी सुरक्षाकर्मिहरु राखि परिबारका सदस्यलाई घर प्रबेशमा अबरोध सृजना गर्ने, मेरो परिवारका सदस्यलाई मानसिक तनाब दिने कार्य जारी राखेका छन् ।’
ंंंंंंंंं
उनले अहिले आफ्नो सिंगो परिवार २४ घण्टा मानसिक तनाबमा बसेको समेत पीडा पोखिन् । उनीद्धारा जारी गरिएको वक्तव्यमा थप भनिएको छ,‘त्यसैले म आफुले लिएको ऋणको साँवा ब्याज र हर्जना समेत तिर्न बुझाउन आजका मितिमा समेत तयार रहेको अबस्थामा नियत खराब राखेर, सत्ता र शक्तिको धमास दिदैं म र म जस्तै सोझा साझा मानिसहरुको आबश्यकताको नाजायज फाईदा उठाउदै अर्काको करोडौको सम्पती जाल झेल गरेर कौडिको मोलमा हडप्न खोज्ने पप्पु ठाकुर जस्ता दलाल मानसिकता बोकेका गिरोह र उनका मतियारहरुलाई समाजमा उदाङ्गो नपार्दासम्म यस्ता दलालहरुको फन्दामा अन्य धेरै सोझा साझा जनताहरु फस्ने भएको कारण यो कुरालाई समाजको चौथो अंग पे्रश जगत तथा नागरिक समाज मार्फत सार्बजनिक गर्नु आफ्नो सामाजिक उतरदाईत्व र कर्तब्य ठानेर यो पत्रकार सम्मेलन गरेकी हुँ ।

उनले आफूलाई पीडा दिने व्यक्ति नीज ठाकुर जग्गा कारोबारको गिरोह धनुषा जिल्ला जनकपुर न.पा. वडा नं. ६ स्थाई घर भई का.म.न.पा. वडा नं. २३ बस्ने पप्पु ठाकुर भएको जानकारी दिईन् ।

पीडित तामाङ्द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘हामीलाई पैसाले फिटफिटी परेको बेला र पप्पुले हामीलाई पैसा दिने मनसाय देखाएको कारण मिति २०७० साल कार्तिक २१ गते विहिबारका दिन ल.पु. जिल्ला लगनखेलमा बसी पप्पु ठाकुरलाई मैले मेरो नाममा एकलौटी हक कायम रहेको ललितपुर जिल्ला ल.पु.उ.म. न.पा. वडा नं. १५ महालक्ष्मि चोकमा मा रहेको साबिक ल.पु. उ.म.न.पा. ५ झ को कि.नं. ५६६ र कि.नं. ५६८ समेत गरी कुल ०(६(०(० ( छ आना) जग्गाको हक हस्तान्तरण गर्ने र एक बर्ष भित्रमा मैले निज पप्पु ठाकुरबाट लिएको ने.रु. १,५०,००,०००र( ( रुपैया एक करोड पचास लाख)को साँवा र ब्याज समेत भुक्तान गरे पछि निजले मलाई मेरो जग्गा म अथवा मैले इच्छाएको ब्यक्तिको नाममा फिर्ता गर्ने शर्तमा जग्गा धितो बन्धकको एक लिखत लेखि लेखाई सहि छाप गरी दिएकी थिएँ ।’

विज्ञप्तीमा थप भनिएको छ,‘जग्गा पास गरेपछि मैले लिखतको म्याद भित्र तपाईले मलाई दिएको पैसा फिर्ता लानुहोस र मेरो जग्गा रजिष्ट्रेशन फिर्ता गरिदिनुहोस भनि पटक पटक सम्पर्क गर्दा आलटाल गर्ने र सम्पर्कमा नआउने गरेका निज पप्पु ठाकुर एक्कासी २०७२ साल माघ २८ गते एक जना अर्जुन कुमार ठाकुर भन्ने मानिस समेत साथमा लिई मैले यो घर अर्जुनलाई बेचि सके घर खालि गर भनि नाना भाँति गालि गलौजमा उत्रिएपछि निज पप्पुको नियत उदाङ्गो हुन गयो ।’

विज्ञप्तीमा भनिएको छ,‘पप्पुले मेरो करोडौं मुल्य पर्ने जग्गा म सँग मिति २०७० साल कार्तिक २१ गते भएको लिखत शर्त बिपरित धनुषा जिल्ला जनकपुर न. पा. वडा नं. ६ बस्ने अर्जुन कुमार ठाकुरलाई बेची सकेका रहेछन् । त्यसपछि बाध्य भएर म न्यायालयको सरणमा पुगेकी छु । यससम्बन्धि मुद्धा न्यायालयमा बिचाराधिन अबस्थामा रहेको छ । कानूनी राज्यको मान्यतामा सधैं अडिग रहेकी कारण सम्मानित न्यायालयले गर्ने फैसलाको म सम्मान गर्ने नै छु ।’