– आकाश देबकोटा
बाँके, १६ पुस । राप्रपा नेपाल र राप्रपाबीच एकीकरण पश्चात पनि अहिलेसम्म राप्रपा बाँकेमा विवाद कायमै रहेको देखिएको छ ।
भोलि हुने सांसदको निर्वाचनमा बाँकेको ३ वटै क्षेत्रमा तीन जना नेताको बचश्र्व कायम देखिएको तथा तीन वटै नेताको पछि–पछि नेता तथा कार्यकर्ताहरुको भीडको कारण पनि राप्रपा बाँकेमा विवाद कायमै रहेको देखिएको टिकाटिप्पणी हुन लागेको बताइएको छ ।
राप्रपा नेपालमैं विवाद भई दुई समूहमा देखिएको समूह अहिलेसम्म पनि राप्रपा एक हुँदासम्म सो विवाद कायमै रहेको देखिएको छ । राप्रपा बाँकेका ठुला नेताहरुले आफु खुशी कार्य गर्ने भएकोले पनि यो विवाद कायम रहेको बताइएको छ । राप्रपा बाँकेमा डा. धवल सम्सेर राणा, प्रेम बहादुर भण्डारी र ऋषिराज देवकोटा तथा फत्तेसिंह थारु समूह गरी दुई समूह देखा परेको बताइएको छ ।
बाँकेको क्षेत्र नं. ३ का सदाबहार उम्मेदवार डा. धवल सम्सेर राणा देखिएको भएपनि विवादका कारण भोलिका दिनमा निर्वाचनमा विजय हासिल गर्न फलामे चिउरा सावित हुने बताइएको छ । डा. राणाको प्रमुख रुपमा गुलामी गर्ने भनी चर्चामा आएका ऋषिराज देवकोटा भने बाँके जिल्लामा घरबास नभएकालाई राप्रपा नेपाल बाँकेको अध्यक्ष तथा पुष २० गतेबाट पुनः एक महिने अध्यक्ष बनाउने रणनीतिबाट पार्टीभित्र डा. राणा प्रति नकारात्मक सोच राख्नेको संख्यामा बृद्धि भएको बताइएको छ ।
डा. राणा समूहको कारण राप्रपा निकट मानिने मिडिया नेपाल समेत उनको पक्षमा नरहेको बताइएको छ । ३२ वर्षदेखि राप्रपामैं लागेका एक नेताले आफ्नो नाम नछाप्ने शर्तमा भने–‘ठुला नेताको गुलामी गर्नेलाई स्थान मिल्छ । गुलामी नगर्नेको यहाँ कुनै अस्तित्व नै रहदैन ।’
राप्रपा नेपाल र राप्रपा बीच बाँकेमा भएको एकीकरणको बेला देखिएको विवाद अहिलेसम्म कायमै रहेको बताइएको छ । विवादका कारण क्षेत्रीय आमसभामा न्यून जनसहभागिता हुने आशंकामा त्रिभुवन चोकमा कार्यक्रम गर्न लागिएको एक राप्रपा नेताले निष्पक्ष ध्वनिलाई बताए । पुस २० गते हुने आमसभालाई मध्य नजर गर्दै विभिन्न समिति खडा भएपनि गठन भएका समितिलाई ‘ओभरटेक’ गरी गुलामी गर्ने नेता कार्यकर्ताहरुको सल्लाह अनुसार नेता आफैले हस्तक्षेप गर्ने थालेपछि विवाद कडा रुपमा अगाडि बढेको बताइएको छ ।
नेपाल सरकारको नीति नियम अनुसार कुनै पनि कार्यक्रमको लागि कहि कतैबाट चन्दा असुली नगर्ने भनिएको भएपनि आमसभालाई मध्यनजर गर्दै लाखौंको चन्दा असुली गरीरहेको स्थानिय एक व्यापारीले बताएका छन् ।












प्रतिक्रिया