काठमाडौं, १६ पुस । नेकपा एमालेको अगुवाईमा ८ दलको संयुक्त जनप्रदर्शनले सरकारलाई घुँडा टेकाएरै छोड्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् ।
शनिबार नेकपा एमाले जिल्ला कमिटि ललितपुरले लगनखेलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुष २२ को जनप्रदर्शनपछि यो सरकारले संविधान संसोधन विधेयक फिर्ता लिन बाध्य हुने बताएका छन् ।
संसदमा कुनै हालतमा संशोधन प्रस्तावलाई प्रक्रियामा लैजान नदिने बताउँदै पौडेलले असंवैधानिक बाटोमा हिँडेको सरकारलाई सही बाटोमा हिँडाउन समेत जनप्रदर्शनको विकल्प नभएको बताएका छन् ।
सर्बोच्चको फैसला र संविधानको व्यवस्था विरुद्धमा सरकार निरंकुश शैलीमा अगाडि बढेर जनताको अधिकार समेत खोसेको उपमहासचिव पौडेलले बताएका छन् । पौडेलले २२ गतेको जनप्रदर्शनको अगाडि निरंकुशहरु टिकक्न नसक्ने पनि बताएका छन् ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोलिटव्युरो सदस्य महेन्द्र पाण्डेले मुलुक सार्वभौमसत्ता गुम्न लागेको बेलामा सडकमा उत्रन हिच्किचाउनेलाई नेपाली भएर गौरव गर्ने अधिकार नहुने अवस्था आएको बताउनुभएको छ । ‘नेपाली हुँ भन्ने अवस्था नै नरहने भएकोले जनप्रदर्शनमा सहभागी नहुनेले पश्चाताप गर्नुपर्ने दिन आउँछ’ पाण्डेले भन्नेभयो ।
नेकपा एमाले जिल्ला कमिटि ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले पाटनका जनताले अत्याचारका विरुद्धमा पटक पटक कुर्वानी गरेको स्मरण गर्दै लोकतन्त्र र राष्ट्रियता जोगाउन दशौं हजारको सहभागीमा प्रदर्शनमा जनता उतारेर सरकारको निरंकुशता नांगेझार पार्ने बताएका छन् ।












प्रतिक्रिया