– आकाश देबकोटा
बाँके, १६ पुस । बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि बाँकेमा पूर्ण आमा बचाउ अभियान सञ्चालन तयारी भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काका अनुसार प्रत्येक महिनामा दुई भन्दा बढी सुत्केरी आमाको मृत्यु हुन थालेपछि सो मृत्युदर घटाउनकका लागि आमा सुरक्षा अभियान सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनु भयो ।
बाँकेमा चालु आर्थिक वर्षको पुस १४ गतेसम्म १२ सुत्केरी आमाहरुले ज्यान गुमाएका छन् भने ८ नवजात शिशु जन्मेपछि र १४ वटा गर्भमा मृत्यु भएका बच्चा जन्मिए पछि अभियानलाई पूर्ण सञ्चालनमा ल्याईने तयारी गरिएको समेत बताउनु भयो ।
आगामी पुस १८ गते देखि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति, स्थानीय निकाय, महिला स्वास्थ्य स्वयम सेविका, गैसस महासंघ र नेटवर्क, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज सञ्चारकर्मी लगायतको सहभगितामा अभियानको सुरुवात गर्ने तयारी गरेको खड्काले बताउनुभयो ।
नियमित गर्भवती चेकजाँच गराउन आउने तर बच्चा जन्माउन घरमै ढिलो गरी जटिलमा पुगेपछि मात्रै स्वास्थ्य संस्थामा आउने कारण उनीहरु जोखिममा परेको पाईएको समेत बताए । उनले यसका सिवाय आमाहरु कुपोषणको सिकार भएको कारणले पनि सुत्केरी भए लगत्तै मृत्यु वरण गर्ने गरेको पाएको समेत जानकारी दिए ।
मधेशी र मुस्लिम समुदायका सुत्केरी तथा गर्भवती महिलाहरु अत्यन्तै जोखिममा रहेको आफुहरुले अनुगमनको दौरान भेटेका उल्लेख गर्दै भने– मधेशी मुस्लिम समुदायका आमाको पोषणको अवस्था अति नै नाजुक रहेको बताए । उनीहरुमा बच्चाको जन्मान्तर पनि अत्यन्तै कम रहेको र परिवार नियोजनको साधनको प्रयोग पनि थोरैले मात्रै गर्ने भएकोले जन्मको संख्या बढ्दै जाँदा आमाको स्वास्थ्य पनि नजुक भएको पाएको बताए ।’
समुदायलाई आमाको स्वास्थ्यको बारेमा जानकारी गराउदै पोषण युक्त खानेकुरा खुवाउनको लागि सबै क्षेत्रबाट सचेतीकरण अभियान चलाउन सकेमात्र पनि मृत्युदर व्हात्तै घट्न सक्ने समेत बताए ।












प्रतिक्रिया