१९ कार्तिक २०८३, बिहिबार

लागू औषधसहित दुई युवक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १६ पुस । प्रहरीले आज बिहान सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । रासस