२८ आश्विन २०८३, बुधबार

रोमानियाली राष्ट्रपतिद्वारा ग्रिन्डेनुलाई प्रधानमन्त्रीमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुचारेस्ट (रोमानिया), १६ पुस । रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले यहाँका एक क्षेत्रीय नेतालाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको छ ।

यससँगै रोमानियाले ४३ वर्षीय सोरिन ग्रिन्डेनुलाई रोमानियाको प्रधानमन्त्रीे हुनुभएको छ । यद्यपि ग्रिन्डेनुलाई प्रधानमन्त्रीको रुपमा यहाँको संसदबाट अनुमोदन भन गर्नुपर्ने कानूनी प्वधान छ । ग्रिन्डेनु रोमानियाको सोसल डेमोक्रेटिक पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्नु हुन्छ ।

रोमानियामा डिसेम्बर ११ मा भएको निर्वाचनमा जनादेश प्राप्त वामपन्थी मुस्लिम महिला नेत्री सेभिल साइदेहले प्रधानमन्त्रीका रुपमा आफ्नो नाम सिफारिस गरे पनि राष्ट्रपतिले उहाँको नाम भने अस्वीकृत गर्नुभएको थियो । –एपी