कालिकोट, १६ पुस । कालिकोटको सिपखानामा मोटरसाइकल पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।
मोटरसाइकिल सिपखानाको गैराचौरसम्म पु¥याइए पछि स्थानीय खुशी भएका छन् । उनीहरुले मोटरसाइकल पुगाउने ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणका टोली प्रमूख विश्नुराम बिष्ट सहितको टोलीलाई अविर जात्रा समेत गरेका छन् ।
बिष्टसहितको टोलीले शुक्रबार बा ८० क ७४०६ र ६०–०–५८ नम्बरको नीलो प्लेटको मोटरसाइकिल सिपखाना पु-याउनु भएको हो ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणको आर्थिक सहयोग, सिडेपको प्राविधिक सहयोग र भिडिसेफ नेपाल कालीकोटको सामाजिक परिचालनमा शान्तिघाट फुकोट स्यूना सिपखाना जिल्ला सडक आयोजना अन्तर्गत झण्डै १९ किलोमिटर सडक निर्माण भइरहेको बेला शुक्रबार उक्त सडकमा मोटरसाइकिल गुडाइएको हो ।
आगामी बैशाखसम्म सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी उक्त सडक खण्डमा काम भइरहेको बताइएको छ ।












प्रतिक्रिया