– अमरराज पुन
रुकुम, १५ पुस । नेपाल प्रेस युनियन रुकुमको आयोजना र जिल्ला अस्पताल सल्ले रुकुमको प्राविधिक सहयोगमा रुकुम जिल्ला स्थित सबै पत्रकारहरुको आज निःशुल्क मृगौला परिक्षण गरिएको छ ।
बिहान ११ बजेदेखि जिल्ला अस्पताल सल्ले रुकुमममा सुरु गरिएको परिक्षणमा ५० जना पत्रकार तथा अन्य ७ सर्वसाधारण गरी ५७ जनाले निःशुल्क मृगौला परिक्षण गराएका छन् । मृगौला परिक्षण पछिको रिर्पोटमा रुकुमका सबै पत्रकार र सहभागी ७ सर्वसाधारणको मृगौलामा कुनै खरावी नआएको बताईएको छ । मृगौला परिक्षण पछि पत्रकारहरु स्वस्थ रहेको र परिक्षण रिर्पोटमा पनि त्यस्तो कुनै समस्या नदेखिएकाले सबै पत्रकारहरु खुशी भएका छन् ।
तर रिर्पोट जाँचको क्रममा भने डाक्टरहरुले सबै जनालाई प्रयाप्त मात्रामा पानी पिउनुपर्ने सल्लाह तथा सुझाव दिएका छन् । प्रेस युनियन नेपालको केन्द्रिय कार्यक्रम अनुसार प्रेस युनियन रुकुमको आयोजनामा रुकुममा पहिलोपटक जिल्लामा क्रियाशिल पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिएको हो । मृगौला परीक्षणका लागि प्रेस यूनियन रुकुमले जिल्लाका सबै पत्रकारहरुलाई यसअघि नै मृगौला परिक्षणमा सहभागिताका लागि पूर्व जानकारी गराएको थियो ।
आजको मृगौला परिक्षण कार्यक्रममा जिल्लाका सबै पत्रकारहरुको उत्साहपूर्वक सहभागिता रहेकोले उक्त कार्यक्रम सफल भएकोमा प्रेस युनियन रुकुमका उपाध्यक्ष आदर्श केसीले सबै पत्रकारहरुलाई कृतज्ञता प्रकट गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्रलाई सर्व सामान्यको पुहँचमा पुर्याउने पहलमा तीव्र रुपमा लागेका स्वास्थ्य मन्त्री गगन थापाले सबै नेपालीलाई नियमित रुपमा अनिवार्य मृगौला परीक्षण गर्न आव्हान गरेपछि जिल्ला अस्पताल रुकुमको सहकार्यमा रुकुममा पनि पत्रकारहरुको निःशुल्क मृगौला परीक्षण गरिएको हो ।
गएको आर्थिक वर्षको बजेटमा नेपाल सरकारले पत्रकारहरुलाई उपचार खर्चमा ५० प्रतशित छुट दिने घोषणा गरेयता केही स्वास्थ्य जाँचका विषयमा पनि निुःशुल्क परिक्षणको व्यवस्था समेत गरेको थियो ।













प्रतिक्रिया