ललितपुर, १५ पुस । नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
बुधबार नवजात छोरा शिशु जन्माई घाँटी थिचेर हत्या गरी घरको भुइँतलाको शौचालयभित्रको पानी राख्ने ट्याङ्कीमा फालेको अवस्थामा शिशुको शव फेला परेपछि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया