– आकाश देबकोटा
बाँके, १५ पुस । बाँके र बर्दियामा विपन्न समुदायका छात्राहरुलाई शैक्षिक विकासमा सहयोग पुर्याउन साईकल सहयोग गरिएको छ ।
माइती नेपालले बाँके र बर्दियाका माध्यामिक तहमा अध्ययनरत छात्राहरुलाई साईकल वितरण कार्यक्रम सुरु गरेको हो । माईती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार, हालसम्म बाँके र बर्दियाका सातवटा विद्यालयमा अध्ययनरत ८६ जना छात्राहरुलाई साईकल सहयोग गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेका, बालबिवाहको उच्च जोखिममा रहेका, घरबाट विद्यालयको दुरी टाढा भएका, अभिभावक गुमाएका र जेहेन्दार छात्राहरुलाई अधिकारका लागि र्साकल परियोजना अन्तर्गत साईकल सहयोग गरिएको माईती नेपालले जनाएको छ ।
सरस्वती मावि नेपालगञ्ज, बर्दियाको महाकवी लक्ष्मीप्रसाद मावि र सरस्वती माविमा २०÷२० जना र बाँकेको प्रभात मावि जिगाउँ र लक्ष्मी माविमा २÷२, मनकामना नेपाल राष्टिूय निम्न माध्यामिक विद्यालय र आदर्श निमावी डिगाउँमा १÷१ वटा साईकल छात्राहरुलाई बितरण गरिएको हो ।
विद्यालयको सिफारिसमा असहाय, गरिव, जेहेन्दार, द्वन्द्व पीडित, विस्थापित, दलित छात्रालाई साइकल वितरण गरिएको हो, माईती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले भने,– घरबाट विद्यालय टाढा भएर समयमा विद्यालय आउन नसक्ने र साइकल नभएकै कारण समयमा विद्यालय आउन नसक्दा पठन पाठनमा बाधा पुग्ने छात्राको पहिचान गरी साइकल वितरण गरिएको छ ।
छात्रालाई शिक्षित बनाई मानव वेचविखनबाट जोगाउन र आत्मनिर्भर बनाउन साइकले सहयोग गरेको उल्लेख गर्दै उहाँले साइकलको सहि सदुपयोग गर्न अभिभावक र बिध्यार्थीसँग आग्रह गरिएको बताउनुभयो ।
प्रभात मावि जीगाउका प्रधानाध्यापक खुमलाल शर्माले साइकल नभएकै कारण कक्षा छुटाउने छात्रालाई साइकल सहयोग गरिएका कारण समयमा विद्यालय आउन सहज हुने बताए । साइकल सहयोग पाएकी लक्ष्मी माविकी अनिता ओलीले साइकलले पाएपछि समयमै विद्यालय आउन सहज हुने बताइन् ।













प्रतिक्रिया