१ कार्तिक २०८३, शनिबार

गाविस सचिवहरुलाई लोकल ई–गर्भनेन्स विषयक एक दिने तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11111सुनसरी, २५ भदौ । क्यान सुनसरीको  आयोजनामा जिल्लाका सम्पूर्ण गाविस सचिवहरुलाई लोकल ई–गर्भनेन्स विषयक एक दिने तालिम सम्पन्न भएको छ ।

जिविस सुनसरी र कम्प्यूटर एसोसिएसन अफ नेपालको सहयोगमा उक्त कार्यक्रमको आयोजना भएको हो ।

क्यान सुनसरीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  क्यानका उपाध्यक्ष नारायण न्यौपानेले ई– लोकल गर्भनेन्स र क्यान सुनसरीका कार्यकारी सदस्य अनिस भट्टराईले सामाजिक सञ्जालका बारेमा तालिम दिनुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला विकास अधिकारी राजेन्द्रदेव पाण्डे प्रमुख आतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा क्यान निवर्तमान केन्द्रीय सदस्य रामकुमार राईले स्थानिय स्तरमा लोकल ई–गर्भनेन्सको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो  ।