१९ कार्तिक २०८३, बिहिबार

बानेश्वरमा सरकारी गाडीमा आगजनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । राजधानीको नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी गरिएको छ ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको विरोध सभा भइरहेका बेला बुद्धनगर क्षेत्रमा सरकारी गाडीमा आगजनी र तोडफोड भएको हो ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको र कसले आगो लगायो भन्ने खुलेको छैन ।

अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।