४ मंसिर २०८३, शुक्रबार

‘क्रिश्मसमा बिदा दिने प्रचण्डजी! पृथ्वी जयन्तीको विरोध गर्ने दुस्साहस नगर्नुस्’

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । आगामी पुस २७ गते पर्ने पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन हिन्दूवादी संगठनहरुले सरकारसँग माग गरेका छन् ।

‘राष्ट्र एकीकरणका नायक’ पृथ्वी नारायण शाह जन्य जयन्तीको विरोध गर्दै आएका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला सरकारले दुई प्रतिशत इशाईको क्रिश्मसमा सार्वजनिक विदा दिएपछि आक्रोशित हिन्दूवादी संगठनहरुले पुस २७ गते राष्ट्रिय एकता दिवसमा विदाको माग जोडतोडका साथ अघि सारेका हुन् ।

यसैक्रममा हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले पृथ्वी जयन्तीको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् ।

‘क्रिश्मसमा बिदा दिने सरकारले पृथ्वी जयन्तीमा पनि बिदा दिनुपर्छ’, ठाकुरले शुक्रबार भनेका छन्- ‘केबल २५ ईसाईको भावनालाई कदर गर्ने तर त्यो भन्दा बढी संख्यामा रहेको पृथ्वीनारायण शाहका समर्थकसंग खेलवाड गरिनुहुँदैन । ब्यवहार समान हुनुपर्छ ।’

उनले फेरि पनि पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहको विरोध गर्ने दुस्साहस नगर्न चेतावनी समेत दिएका छन् ।