लस एञ्जलस । बलिवुड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिवुड फिल्म ‘एक्स एक्स एक्स रिटर्न अफ जेंडर केज’ विश्वभरि रिलिज अगाडि भारतमा प्रदर्शन हुने भएको छ । यो फिल्म भारतमा १४ जनवरी, २०१६ मा रिलिज हुनेछ ।
दीपिकाले बुधवार ट्विटरमा लेखेकी छिन्, ‘म रोमाञ्चित भएकी छु । ‘एक्सएक्सएक्स : रिटर्न अफ जेंडर केज’ पहिला भारतमा रिलीज हुनेछ ।’
अन्तर्राष्ट्रिय फिल्ममा दीपिका सेरेना अंगरको भूमिकामा देखिने छिन् । यसमा हलिवुड अभिनेता विन डीजÞलको प्रमुख भूमिका छ ।
डीजे क्रसोद्वारा निर्देशन भएको ‘एक्सएक्सएक्स : रिटर्न अफ जेंडर केज’ सन् २००२ को फिल्म ‘एक्सएक्सएक्स’ र २००५ को फिल्म ‘एक्सएक्सएक्स : स्टेट अफ यूनियन’ को तेस्रो भाग हो । फिल्ममा रूबी रोज, सैमुअल एल जैक्सन, डनी येन र टोनी जा जस्ता कलाकारको प्रमुख भूमिका छ । – एजेन्सी















प्रतिक्रिया