१ कार्तिक २०८३, शनिबार

बलात्कारको आरोपमा सापकोटा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape_Victimबनेपा, २५ भदौ । काभ्रेपलाञ्चोकमा बलात्कारका घटना बढिरहेकै बेला पुनः अर्का एक जना बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको जैसीथोक गाविस–१ बस्ने ३८ वर्षीय भरत सापकोटालाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

उनले स्थानीय एक युवतीलाई डर, धम्की दिई बलात्कार गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

आरोपीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिल्लामा पछिल्लो पटक हाडनाता करणीका घटना बढ्दै गएका छन् । रासस