१९ कार्तिक २०८३, बिहिबार

सरकारले स्पष्टिकरण सोधेपछि प्राधिकरण प्रमुख ज्ञवालीको यस्तो जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । सरकारले स्पष्टिकरण सोधेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख सुशील ज्ञवालीले जवाफ फर्काएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेलगत्तै साँझ विज्ञप्ति जारी गर्दै ज्ञवालीले स्पष्टिकरण तोकिएको समयमा बुझाउने उल्लेख गरेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको भन्दै उनले प्राधिरकणले स्थापनाको एक वर्षमा आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेकै स्पष्ट पारेका छन् ।

‘स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेकै छन्’, विज्ञप्तिमा भनिएको छ– ‘यस अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।’