– कृष्ण ओझा
पाँचथर, १४ पुस । पाँचथरको अमरपुर–७ घर भई फिदिममा बसोवास गर्दै आएकी वृन्दा हेम्व्याकी छोरी १३ बर्षीया सविनाको रोग पहिचानका लागि लायन्स क्लबले उक्त रकम ५० हजार जुटाएर वुधवार हस्तान्तरण गरेको हो ।
बाँयागाला, घाँटी तथा टाउकोमा ऐजेरु जस्तो कालो मासु उम्रिएर समस्याभोग्दै आएकी फिदिमकी एक बालिकाको स्वास्थ्य परीक्षण गरी रोग पहिचानगर्न तथा स्वास्थ्यउपचार थाल्न लाइन्स क्लबअफ पाँचथरले ५० हजार रुपैँया संकलन गरी पीडित वालिकालाई हस्तान्तरण गरेको छ
कमजोर आर्थिक अवस्थाको हेम्व्या परिवारले सविनाको रोगको पहिचान समेत गराउन सकेको थिएन् ।
“उक्त रोगका कारण सविनाले समस्याभोग्दै आएको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा सहयोगका लागि अपील गरिएको थियो” लाइन्स क्लब अफ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले भने “लाइन्स क्लबको आफ्नै कोष सहित देश तथा विदेशमा रहेका सहयोगीहरुबाट पहिलो चरणमा ५० हजार रुपैँया सङ्कलनगरिएको जनाएका छने ।”
वुधवार नेपालपत्रकार महासंघ शाखा पाँचथरको कार्यालयमा कार्यक्रमको आयोजना गरेर लाइन्स क्लबले यतीका रकम सविनालाई प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस पाँचथरका सभापति तथा यूवा नेता नरेन्द्रकुमार केरुङले सो रकम हस्तान्तरण गरे ।
सविनाको उपचार सहयोगार्थ जिल्लाबाल कल्याण समिति पाँचथरले १५ हजार रुपैँया उपलब्ध गराएको छ ।
यस्तै बेलायतमा रहेका फिदिमका विकास थेवेले ७ हजार, मलेशियामा रहेका पाँचथरको पञ्चमीका कुलप्रसाद अधिकारीले ५ हजार, क्लबअध्यक्ष मित्रप्रसाद काफ्लेले व्यक्तिगत ७ हजार, क्लबको कोषबाट ५ हजार तथा वैदेशिक रोजगारीमा रहेका फिदिम–२, पल्लोटारका कुमार ओझालगायतले १० हजार रुपैँया सहयोग गरेको लाइन्स क्लब पाँचथरका सचिव नवराज घिमिरेले जानकारी दिए ।
जन्मजात यस्तो समस्या भोग्दै आएकी सविनालाई फिदिममा आएका चिकित्सकहरुबाट उपचार तथा परामर्श लिइएपनि निको नभएको आमा वृन्दाले वताइन् ।
फिदिम माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने सविनाले रोगकै कारण विभिन्न खाले समस्या भोग्दै आएकी छन् । पहिलो चरणमा सङ्कलित रकमबाट सविनालाई लागेको रोगको पहिचान गरिने र सामाजिक सञ्जाल तथा अन्य क्षेत्रमा उनको उपचार सहयोगका लागि सहयोग गर्ने वचन प्राप्त भएको हुँदा भावी दिनमा थप सहयोग गरिने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका क्लब अध्यक्ष काफ्लेले वताए ।
लाइन्स क्लबअफपाँचथरले गतबर्ष दुवै मृगौलामा फेल भई उपचारमा कठिनाई भोगेकी याङनाम गाविसकी जुनिताजवेगूलाइ समेत सहयोग प्रदान गरेको थियो ।
पाँचथरमा दैवीप्रकोपका लागी १० रुपैँया सङ्कन अभियान
विद्यार्थी, विपन्नतथाअसहायहरुलाई सहयोग गर्दै आएको फिदिमको जनसेवा समाजपाँचथरले अव दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्न १० रुपैँया सङ्कलनगर्ने अभियानचलाउने भएको छ ।
जुनसुकै बेला, जो कोही दैवी विपत्तिबाट पीडित हुनसक्ने र पीडितहरुलाई तत्कालै यथोचित सहयोग प्राप्तनहुँदाजीवनयापन कष्टकर हुने कुरालाई मध्यनजर गर्दै समाजले कम्तिमा १० रुपैँया सङ्कलनगर्ने अभियानचलाउनलागेको हो ।
दैवीप्रकोपका पीडितहरुको सहयोगार्थ कोष स्थापनागर्न १० रुपैयाँ सङकलनगर्ने अभियान सञ्चालनगरिने यूवा तथा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले वताए ।
अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यालय, नागरिक समाज, व्यवसायीतथा सर्वसाधारणकहाँ पुगेर कम्तिमा १० रुपैयाँ सङ्कलन गरी कोष खडा गरिने अधिकारीले वताए ।
विपद्मा परेकाहरुलाई सहयोग गर्न स्थापनागरिएको १० रुपैँया सहयोग सङ्कलनअभियानले “कम्तिमा रु. १० सहयोग गरौँ, विपद्मा परेकाहरुलाई वचाऔं” भन्ने नारा लिएको छ ।
समाजले वुधवार फिदिममापत्रकार सम्मेलनको आयोजना गरी एक वर्षभित्रै १० लाख रुपैयाँ सङ्कलनगर्ने लक्ष्य राखिएको जनाएको छ ।
उक्त रकम फिदिम लगायत बजारहरु, तीनओटै सुरक्षानिकाय, सरकारी निकायतथा गैरसरकारी संस्थाहरु, क्याम्पस तथा विद्यालयहरुबाट सङ्कलन गर्ने लक्ष्यलिइएको अधिकारीको भनाई छ ।













प्रतिक्रिया