५ मंसिर २०८३, शनिबार

कपिलवस्तुको कृष्णनगर नाकामा भारततर्फबाट गोली चल्यो, दुई प्रहरी घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १४ पुस । कपिलवस्तुको नेपाल–भारत सीमा नाका कृष्णनगरमा गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब दुई बजेतिर भारततर्फबाट गोली चलेको थियो ।