काठमाडौ, १४ पुस । सिन्धुपाल्चोक हजाम–३ घर भई हाल पेप्सीकोला डेरा गरी बस्ने २४ बर्षीय चिन बहादुर श्रेष्ठ, पान्टाङ–२ घर भएका २५ बर्षीय उपेन्द्र श्रेष्ठ र गोल्छे–२ बस्ने २७ बर्षीय मिलन लामालाई प्रहरीले सुन जस्तो देखिने पहेलोधातु २ के.जी. र नगद १ लाख रुपैयाँ सहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार श्रेष्ठले सुनको अबैध कारोबार गर्दैछ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पेप्सीकोला स्थित हिम गणेश मार्गबाट उक्त सुन जस्तो देखिने पेहेलो धातु र नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया