काठमाडौं, १४ पुस । पछिल्लो राजनीतिक परिस्थितीबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ ।
तमलोपाको कार्यालय बिजुली बजारमा जारी बैठकले संविधान संशोधन र निर्वाचनबारे आधिकारिक धारणा तय गर्ने बताइएको छ ।
सद्भावना महासचिव मनीष सूमनका अनुसार सरकार र प्रमुख तीन दल चुनावी रणनीतिमा लागेपछि मोर्चाको बैठकले तीन दलको चुनावी कदमबारे कडा प्रतिक्रिया दिने तयारी छ ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले केही दिनभित्रै स्थानीय तहको निर्वाचन मिति तोक्ने सहमति गरेको थियो ।
तर, मधेसी मोर्चाले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन भन्दै आएको छ ।
बुधबारै मोर्चाका एक नेता उपेन्द्र यादवले संशोधनविनाको निर्वाचनको मोर्चाले प्रतिकार गर्ने बताइसकेका छन् ।












प्रतिक्रिया