पोखरा, २५ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने आफूहरुको माग सम्बोधन नभए संघर्षमा जाने चेतावनी दिनुभएको छ ।
राप्रपा नेपाल केन्द्रीय प्रशिक्षण विभागले बुधबार पोखरामा गरेको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । आफ्ना माग पुरा गराउन सडक र सदनमार्फत सशक्त रुपमा उठाउने उहाँको भनाई थियो ।
माग पूरा नभए उहाँले आगामी पुसदेखि देशव्यापी संघर्ष गर्ने समेत चेतावनी दिनुभयो । त्यसैगरी उहाँले कार्यक्रममा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेको घमण्डले मुलुक थप संकटको दिशामा धकेलिएको आरोप लगाउनुभयो ।















प्रतिक्रिया