मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले सिक्किमसहित भारतभरि बस्ने नेपालीहरूका लागि ‘नेपाली भाषा’को फिल्म निर्माण गर्ने भएकी छन् । प्रियंकाले ‘पउवा’ फिल्म निर्माण गर्न लागेकी हुन् । ‘पउवा’को अर्थ पाहुना हुन्छ ।
उनकी आमा मधु चोपडाका अनुसार प्रियंकाले नेपाली भाषामा फिल्म निर्माण गर्न लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
हलिउड फिल्ममा हट सिन दिएर चर्चा र बिबादमा परेकी अभिनेत्री प्रियंकाले नेपाली फिल्म बनाउने समाचारले भारतका नेपाली भाषीहरूले चासोका साथ हेरेका छन् ।
प्रियंकाको फिल्म निर्माण कम्पनी पर्पल पेपलले भारतका विभिन्न क्षेत्रीय भाषामा फिल्म निर्माण गरिसकेको छ । भारतका क्षेत्रीय भाषाका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्य अन्तरगत नेपाली भाषामा फिल्म निर्माण हुन लागेको समाचारमा उल्लेख छ ।
प्रियंकाले निर्माण गर्न लागेको यो नेपाली फिल्ममा नेपालका साथै सिक्किमका स्थानीय कलाकार तथा प्राविधिकले काम गर्ने अबसर पाउने जनाइएको छ । फिल्ममा प्रियंका खेल्ने हुन् वा होइनन् केही बताइएको छैन । – एजेन्सी















प्रतिक्रिया