१ कार्तिक २०८३, शनिबार

काँग्रेस नेताको हृदयाघातबाट मुत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), २५ भदौ । नेपाली काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको बुधबार बिहान निधन भएको छ ।

बिहान करिब १ बजे उहाँको निधन भएको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बिहान आफ्नै निवासमा अचेत भएपछि उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज लगिएका उहाँको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । मङ्गलबार साँझ सामान्य औषधि खाएर सुत्नुभएको श्रेष्ठको राति करिब १ बजे हृदयघात भएको पारिवारित स्रोतले बताएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उहाँको शवलाई बिहान घरमा श्रद्धाञ्जलि दिएपछि पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि केही समय राखिने र देवघाटमा लगी दाहसंस्कार गरिने जानकारी सभापति गुरुङले दिनुभयो । रासस